Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राजा चार्ल्सले राजपरिवारका सदस्यको आलोचना गर्ने छोरालाई घरबाट निकाले


काठमाडौं । बेलायतका राजा चार्ल्सले क्विन कन्र्सटको उपाधि पाउने उनकी रानी क्यामिलाको उनको छोरा ह्यारीले कटु आलोचना गरेकाले छोरा ह्यारी र बुहारी मेघनलाई फ्रोगमोर कटेजबाट निकाल्ने निर्णय गरेका छन् ।

ह्यारीले सौतेनी आमा रानी क्यामिलाको यो आलोचना आफ्नो संस्मरण स्पेयरमा गरेका छन् ।

राजाले मंगलबार उनीहरूलाई विन्डसर इस्टेट भित्र रहेको पाँच शयन कक्षको हवेली खाली गर्न सूचना जारी गरे ।

राजा चार्ल्सको यो निर्णयमा उनकी पत्नी र अर्का छोरा बुहारीले समर्थन जनाएका छन् ।

राजाका लागि यो निर्णय स्पष्ट रूपमा गाह्रो थियो । उनीहरूबीचको विवाद चर्काउन यो निर्णय आगोमा घिउ थप्ने जस्तो हुने छ । यसका लागि उनी इच्छुक थिएनन्।

ह्यारीको नेटफ्लिक्स श्रृंखला र खुब बिकेको संस्मरण स्पेयरमा गरेको दावीहरूबाट ह्यारीले सीमा रेखा पार गरेको बुझिएको थियो ।

द मिररले जनाए अनुसार क्यामिलाले मिडियामा कुरोहरू चुहाएको आरोपहरूबाट राजा विशेष गरी आक्रोशित भएका थिए ।

जनवरीमा आफ्नो पुस्तकको प्रचार गर्न ६० मिनेटको एन्डरसन कुपरसँग कुराकानीमा ह्यारीले क्यामिलाको ब्रिटिश प्रेससँग सम्बन्ध बनाउने इच्छाले उनलाई खतरनाक बनाएको बताए ।

टेलिभिजन अन्तर्वार्तामा पनि उनलाई खलनायक भनेर उल्लेख गरेका थिए ।

राजा चार्ल्सले यो कारबाही ११ जनवरीमा सुरु गरेका थिए । स्पेयर सार्वजनिक भएपछि यो कारबाही गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट