Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चीनले रक्षा बजेट बढाउँदा पश्चिमा देशहरुको विशेष चासो


चीनले रक्षा बजेट बढाउँदा पश्चिमा देशहरुको विशेष चासो हुने गरेको छ । उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

चीनले चालु वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत पुर्याएको छ । हिजोदेखि बेइजिङमा सुरु भएको राष्ट्रिय जनकङ्ग्रेस एनपीसीको प्रथम वार्षिक अधिवेशनमा सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली खछ्याङले रक्षा बजेट बढाएर कुल बजेटको सात दशमलव दुई प्रतिशत पुर्याएका थिए ।

मस्यौदा बजेट अनुसार रक्षा बजेट दुई सय २४ अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । गएको वर्ष रक्षा क्षेत्रको बजेट सात दशलमव एक प्रतिशत थियो । पश्चिमा देशहरुले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् ।

जटिल सुरक्षा चुनौतीको सामना गर्न तथा आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न प्रस्तुत गरिएको बजेटलाई १४औँ राष्ट्रिय जन कङ्ग्रेसका प्रवक्ता वाङ चाओले उचित र व्यावहारिक भन्नुभएको बीबीसीले जनाएको छ । चीनको रक्षा बजेट संयुक्त राज्य अमेरिकाको झण्डै एक चौथाइ हो ।

ताइवानको विषयलाई लिएर बढेको अमेरिका–चीन तनाव पछिल्लो समय अमेरिकी आकासमा देखिएका बेलुनपछि थप बढेको छ । यस्तै उत्तरपूर्वी एसियामा बढिरहेको हतियारको होडबाजीका कारण पनि चीनले रक्षा बजेट बढाएको विश्लेषकहरु बताउँछन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट