पाकिस्तानमा आत्मघाती आक्रमणमा परेर ९ जना प्रहरीको मृत्यु
![](https://archive.jhilko.com/wp-content/uploads/2023/03/pak.png)
पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमणमा परेर नौ जना प्रहरीको मृत्यु भएको छ । आत्मघाती आक्रमणमा अन्य १० जना घाइते भएका बीबीसी उर्दुले जनाएको छ ।
प्रहरी बोकेको गाडी एक पुल नजिकै पुगेपछि मोटरसाइकलमा आएका आक्रमणकारीले विस्फोट गराएका खबरमा उल्लेख छ । गाडीमा सवार सुरक्षाकर्मीहरू हिजो आइतवार सकिएको सिबी मेलामा ड्युटी गरी क्वेटातर्फ फर्किरहेका थिए ।
बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विस्फोटको निन्दा गर्नुका साथै यसलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन्। उनले बलुचिस्तानलाई अशान्ति र अस्थिरता सिर्जना गरेर पछाडि धकेल्ने षड्यन्त्र रचिएको भन्दै यस्ता षड्यन्त्रलाई नागरिकको सहयोगले असफल बनाइने दाबी पनि गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया