Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

युक्रेनले अमेरिकासँग सय बढी देशमा प्रतिबन्धित ड्रोनका लागि समूहगत हतियार माग्यो


काठमाडौं । युक्रेनले अमेरिकासँग विवादास्पद डोनका लागि समूहगत हतियारको माग सशक्तरूपमा गरेको छ ।

यो ड्रोन हतियारबाट रूसी सेनालाई लक्षित गरी आक्रमणमा प्रयोग गर्न चाहेको जनाउँदै रोयटर्सले यो समाचार सार्वजनिक गरेको हो ।

अमेरिकी सांसदहरूको हवाला दिँदै सार्वजनिक गरिएको सो समाचारमा ती हतियारहरू सय बढी देशहरूमा प्रतिबन्धित रहेको उल्लेख गरिएको छ ।

सशस्त्र सेवा समितिमा बस्ने अमेरिकी प्रतिनिधि जेसन क्रो र एडम स्मिथका अनुसार युक्रेनले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई हतियार आपूर्ति अनुमोदन गर्न कांग्रेसमा दबाब दिन आग्रह गरेको छ ।

अमेरिकालाई कानूनद्वारा त्यस्ता हतियारहरू निर्यात गर्न प्रतिबन्ध लगाइएको छ । ह्वाइट हाउसले यस कदमलाई समर्थन गर्ने कुनै संकेतहरू देखिएको छैन् ।

युक्रेनले विशेष गरी एमके ट्वेन्टी समूहका बमहरू खोजिरहेको छ । ती बमहरू ड्रोनबाट खसाल्न सकिन्छ । युक्रेनले पहिले नै अनुरोध गरिसकेको छ । उनीहरूले यो अनुरोध गत महिनाको म्युनिख सुरक्षा सम्मेलनमा आएको बताए।

रुसले युक्रेनमाथि गत वर्ष फेब्रुअरी २४ देखि सैनिक कारबाहीको नाममा युद्ध गरिरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट