Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्लास्टिक संकट स्तब्ध पार्ने हदमा पुग्यो


काठमाडौं । विश्वव्यापी प्लास्टिक संकट स्तब्ध पार्ने हदसम्म पुगेको एक नयाँ अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरूले ४९ लाख टन प्लास्टिकका फोहर महासागरहरूमा उत्रिरहेको छ । यो फोहरको परिमाण सन् २००५ यताको सबै भन्दा बढी वृद्धि देखिएको हो ।

तत्काल कारबाही नगरिए प्लास्टिक हाम्रो पानीमा प्रवेश गर्ने दर सन् २०४०सम्ममा अढाई गुना भन्दा बढी २.६ गुनाले बढ्नेछ ।

गिरेसका संस्थापक माक्र्स एरिक्सनले यो आफैमा एक कठोर चेतावनी भएको र यसका लागि काम गर्नै पर्ने भएको बताए ।

हामीलाई प्लास्टिक प्रदूषणमा एक बलियो, कानूनी रूपमा बाध्यकारी संयुक्त राष्ट्रसंघीय एक वैश्विक सन्धि चाहिने छ । यसलाई स्रोतमा रोक्नुपर्ने आवश्यकता छ ।

अध्ययनमा, अन्वेषकहरूले सन् १९७९देखि२०१९सम्म फैलिएको समुद्री प्लास्टिक प्रदूषणको विश्वव्यापी डाटासेटको विश्लेषण गरेका हुन् ।

उत्तरी एट्लान्टिक, दक्षिण एट्लान्टिक, उत्तर प्रशान्त, दक्षिण प्रशान्त, भारतीय र भूमध्यसागरका ६वटा प्रमुख समुद्री क्षेत्रहरूमा ११,७७७ स्टेशनहरूबाट डाटा संकलन गरिएकोे थियो ।

डेटा विश्लेषणले २००५देखि प्लास्टिकको प्रचुरता र वितरण दुवैमा उल्लेखनीय र द्रुत वृद्धि भएको देखाएको छ ।

तिनीहरूको अनुमानले ८२०खर्बदेखि–३५८०खर्ब टनसम्म प्लास्टिक कणहरू औसतमा १७१० खर्ब प्लास्टिक कणको बजन ११लाखदेखि ४९ लाख टन वजन औसतमा २३ लाख टन वजन सन् २०१९मा हाम्रो महासागरहरूमा तैरिरहेको जनाएको छ ।

हामीले सहस्राब्दीदेखि नै विश्वव्यापी महासागरमा माइक्रोप्लास्टिकको घातीय वृद्धिको डरलाग्दो प्रवृत्ति फेला पारेको एरिक्सनले बताए । १७०० खर्ब भन्दा बढी प्लास्टिक कणहरू पुगेका छन् ।

ठूलो व्यापक नीति परिवर्तन बिना प्लास्टिकले जलीय वातावरणमा प्रवेश गर्ने दर सन् २०१६देखि २०४० सम्म करिब २.६ गुना बढ्ने छ ।

गत वर्ष, अमेरिका र चीन सहित करिब २ सय राष्ट्रहरू संयुक्त राष्ट्र संघको नयाँ सम्झौतामा सहमत भए जसमा उनीहरूले २०२४ सम्म प्लास्टिक उत्पादनमा कटौती गर्नुपर्नेछ ।

यो २०१५ पेरिस जलवायु सम्झौता पछिको सबैभन्दा ठूलो हरित सम्झौता हो ।

जसले सरकारहरूलाई हरितगृह ग्यास उत्सर्जनमा प्रतिबन्ध लगाउन र ग्लोबल वार्मिङलाई सीमित गर्न प्रतिबद्धता गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट