Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जर्मनीको ह्यामबर्गमा गोली चल्यो, ६ जनाको मृत्यु


जर्मनीको ह्याबर्ग शहरमा गोली चलेको छ। बीबीसीका अनुसार सो गोलीकाण्डमा मृत्यु हुनेको संख्या ६ देखि ७ जना रहेको छ। प्रहरीले गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको अनुमान गरेको छ।

प्रहरीले घटनापछिको उद्देश्यबारे केही सूचना फेला नपरेको जनाएको छ। डिलबोगे स्ट्रिटमा भएको गोलीकाण्डमा धेरैजना घाइते भएको र अस्पतालमा उनीहरुको उपचार भइरहेको छ।

प्रहरीले घटनास्थलमा एक व्यक्ति मृत फेला परेको र उनले नै गोली चलाएको हुन सक्ने जनाएको छ। यद्यपि, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

घटनामा मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। प्रहरीले घटनाबारे कुनै पनि प्रकारको अपुष्ट समाचार ुसेयरु नगर्न आग्रहसमेत गरेको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट