Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सी बने तेस्रो पदावधिका लागि चिनियाँ राष्ट्रपति


काठमाडौंं । चिनियाँ संसदले शुक्रबार राष्ट्रपति सी जिनपिङको तेस्रो पाँच वर्षे कार्यकालको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

गत वर्षको अक्टोबरमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको पाँच वर्षमा एक पटक बस्ने कंग्रेसले आफ्नो नेतृत्वमा ६९ वर्षीय सीलाई पुनः निर्वाचित गरेको थियो । पार्टीका संस्थापक माओत्सेतुङपछि पहिलो चिनियाँ नेताको रूपमा सी राष्ट्रपति बनेका हुन् ।

चिनियाँ विधायिका, नेशनल पिपुल्स कंग्रेसका आलोचकहरूले यो संसद प्रायः रबर स्ट्याम्पको जस्तो भएको आलोचना गर्ने गरेका छन् ।

सीले आजीवन सत्तामा रहने अपेक्षा गरिएको छ ।

गत अक्टोबर कांग्रेसको महासचिवको रूपमा सीलाई निर्वाचित गरिसकिएको छ । यसका सबै शीर्ष नीति निकायहरूको लागि नयाँ नेतृत्व पनि चयन गरेको छ।

यस वर्षको वार्षिक अधिवेशनलाई महत्वपूर्ण मानिएको छ । यसले राज्य परिषद्, केन्द्रीय मन्त्रिपरिषद्को अध्यक्षता गर्ने प्रधानमन्त्रीलगायत चिनियाँ सरकारको नेतृत्वमा दस वर्षमा एक पटक परिवर्तनको घोषणा गर्दछ ।

वर्तमान प्रधानमन्त्री ली खछ्याङको कार्यकाल यस वर्षको सत्रसँगै समाप्त हुनेछ।

उनका उत्तराधिकारी, सीका नजिकका सहयोगी ली क्विआङ हुने अपेक्षा छ ।

नयाँ नेतृत्वका सबै नामलाई केही साताअघि पार्टी बैठकले अनुमोदन गरेको थियो। आलोचकहरूले यो अनुमोदनलाई अनौपचारिकता पूरा गर्न गरिएको आरोप लगाउँछन् । प्रत्यक्ष निर्वाचनलाई मात्र लोकतान्त्रिक विधि प्रक्रिया मान्नेहरूले चीनको यो प्रणालीलाई विशेषरूपमा आलोचना गर्ने गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट