Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‘पोर्न स्टार’डेनियल्सलाई पैसा दिएको अभियोगमा ट्रम्पलाई ‘ग्रान्ड जुरी’समक्ष बयान दिन बोलाइयो


स्टोर्मी डेनियल्स मुद्दामा न्यूयोर्कका ‘प्रोसेक्युटर’हरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘ग्रान्ड जुरी’समक्ष बयान दिन बोलाएका छन्। ट्रम्पका वकिलले यसको पुष्टि गरेको बीबीसी जनाएको छ ।

पूर्व ‘पोर्न स्टार’ डेनियल्सलाई पैसा दिएको अभियोगमा म्यानहट्टनका जिल्ला न्यायाधिवक्ताले ट्रम्पमाथि पाँच वर्षसम्म अनुसन्धान गरेका छन्।

डेनियल्सले सन् २०१६ को चुनावअघि कथित ‘अफेयर’को बारेमा मौन बस्न १ लाख ३० हजार अमेरिकी डलर प्राप्त गरेको दाबी गरेकी छन्। ट्रम्पले भने डेनियल्ससँगको यौन सम्बन्धलाई अस्वीकार गर्दै आएका छन्।

ट्रम्पविरुद्धको अभियोग पुष्टि गर्न पर्याप्त प्रमाण छ कि छैन भनेर निर्धारण गर्न ‘प्रोसेक्युटर’ले ‘ग्रान्ड जुरी’ तयार पारेका छन्। यो गोप्य रूपमा राखिएको छ भने ट्रम्पका धेरै पूर्व सहयोगीहरूले यस मामलामा बयान दिएको बताइएको छ।

यदि ‘प्रोसेक्युटर’हरूले मुद्दा अघि बढाए यो पूर्व अमेरिकी राष्ट्रपतिविरुद्ध लगाइएको पहिलो आपराधिक मुद्दा हुनेछ। ट्रम्पलाई ‘ग्रान्ड जुरी’मा बयान दिन बोलाइएको बारे सुरुमा न्युयोर्क टाइम्सले रिपोर्ट गरेको थियो।

स्टोर्मी डेनियल्स मुद्दा ट्रम्पमाथि अनुसन्धान भइरहेको धेरै मुद्दाहरूमध्येको एक हो। यद्यपि, हालसम्म उनीमाथि लगाइएको कुनै पनि आरोप पुष्टि भएको छैन भने ट्रम्पले सबै आरोप अस्वीकार गर्दै आएका छन्।

७६ वर्षीय ट्रम्प राष्ट्रपति निर्वाचनका लागि क्याम्पेनमा लाग्न लागेका बेला यो पछिल्लो घटनाक्रम बाहिर आएको हो।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट