Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पेन्सन सुधार कानुन यसै वर्षको अन्त्यसम्ममा लागू हुन्छ : फ्रान्सका राष्ट्रपति म्याक्रो


फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सरकारको विवादास्पद पेन्सन सुधार कानुन यस वर्षको अन्त्यसम्ममा लागू गर्ने बताएका छन् ।

सरकारको निर्णयमा देशव्यापी विरोध भइरहेको छ । साथै फ्रान्सको संवैधानिक अदालतले पनि आफ्नो अन्तिम निर्णय दिन बाँकी नै छ । तर राष्ट्रपति म्याक्रोले पेन्सन सुधार कार्यक्रम यसै वर्षको अन्त्यसम्ममा लागू गर्न आवश्यक रहेको बताएका छन् ।

फ्रान्समा विपक्षी दलले पनि पेन्सनको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाउने सरकारको निर्णयको विरोध गर्दै आएको छ। ‘आजका दिनमा हुने अलोकप्रियता स्वीकार्नु आवश्यक छ र म यसलाई स्वीकार गर्नेछुु, राष्ट्रपति म्याक्रोले भनेका छन् ।

उनले सुधारको कार्यक्रमबारे सबैलाई आश्वस्त पार्न आफूले कोसिस गरिरहेको तर अझै सफल हुन नसकेको समेत बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट