Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सन् २०१४मा प्रशान्त महासागरमा खसेको उल्का पिण्ड एलियनले पठाएको प्रमाणित गर्न अध्ययन सुरु


काठमाडौं । हार्वर्डका एक भौतिकशास्त्रीले सन् २०१४ मा प्रशान्त महासागरमा विस्फोट भएको उल्कापिण्ड अन्तरिक्षको कुनै अज्ञात ग्रहको प्राणी एलियनले अनुसन्धान गर्न पठाएको उल्का पिण्ड भएको प्रमाणित गर्न १५ लाख अमेरिकी डलर बराबरको अध्ययन मिशन सुरु गरेका छन् ।

अभि लोएबले पपुवा न्यू गिनी नजिकैको प्रभाव क्षेत्रमा सोधखोज गर्न अमेरिकी सेनासँग मिलेर काम गरी वर्षौँ बिताए र अब पछाडि छोडिएका विषयहरू उजागर गर्न अभियानमा लागेका हुन् ।

द मिडियम पोस्टसँगको कुराकानीमा लोएबले यसका लागि एक डुंगा र सपना साकार पार्ने एक टोली तयार पारेको बताए ।

यसैगरी द डेली बिस्टसँगको कुराकानीमा लोएबले दुई हप्तासम्म समुद्रको भुइँमा बालुवा हटाउने उपकरणको प्रयोग बालुवा हटाइने र केही चुम्बकहरू प्रयोग गर्ने योजना रहेको बताए । उनले विश्वास गरेको एलियन टेक्नोलोजीको टुक्रा पता लगाउन यो अभियान सुरु गरेका हुन् ।

यूएस स्पेस कमाण्डले अप्रिल २०२२ मा पुष्टि गरे अनुसार १.५ फिट चौडा उल्कापिण्ड अर्को सौर्यमण्डलबाट आएको हो । यसलाई अन्य तारबाट पृथ्वीको आएको पहिलो ज्ञात आगन्तुक वस्तु भनिएको थियो।

लोएबले एलियनहरूले पृथ्वीसँग सम्पर्क बनाएको खुलासा गरेका छन् । उनले आफ्नो विश्वासका लागि यो काम गरी प्रमाणित गर्न खोजेका हुन् ।

भौतिकशास्त्री लोएबले सन् २०२१मा एक्स्ट्राटेरेस्ट्रियलः द फस्ट साइन अफ इन्टेलिजेन्ट लाइफ बियोन्ड अर्थ नामक पुस्ता सार्वजनिक गरेका थिए ।

चार वर्ष पहिले, उल्का पिण्ड ८ जनवरी २०१४मा पपुवा न्यू गिनीको तटमारहेको मानुस टापुको उत्तरमा देखिएको थियो।

यो हावामा विस्फोट भयो । हिरोशिमा बमको विस्फोटनको मात्र एक प्रतिशतको विस्फोटन देखियो ।

लोएबले लेखेका छन् “हामीले फेला पारेका छौँ कि उल्का विष्फोटबाट आएको विस्फोटको लहरले मानुस टापुमा अवस्थित सिस्मोमिटरमा उच्च–गुणस्तरको संकेत उत्पन्न ग¥यो । जुन पपुवा न्यू गिनीको भाग हो,“

’यो सौर्यमण्डल बाहिरबाट आएको पहिलो हो र दोस्रो, यो हामीले देखेका सबै कुराको ९९.७ प्रतिशतभन्दा बढी सही छ।’

असाधारण दावीहरूलाई असाधारण प्रमाण चाहिन्छ,’ उनले भने।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट