Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चीनद्वारा पाकिस्तानलाई दुई अर्ब डलर सहयोग


आर्थिक सङ्कटको सामना गरिरहेको पाकिस्तानलाई चीनले दुई अर्ब डलर सहयोग गरेको छ ।

चीनले पाकिस्तानको सङ्कट समाधान गर्न एक वर्षका लागि २ अर्ब डलर सहयोग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चरम मूल्यवृद्धिसँगै वैदेशिक मुद्रा सञ्चिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । ऋण नभनिएको रकम पाकिस्तानको केन्द्रीय बैंकमा जम्मा गरिएको र यो सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण रोकिएको छ । अर्थतन्त्र सङ्कटमा रहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाइ भएको हो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट