Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा : आँधीका कारण जनजीवन प्रभावित


अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गरेका छन् । उनले आँधी तथा चक्रवातबाट प्रभावित क्षेत्रमा पुनर्स्थापनाका प्रयासलाई तीव्र पार्न सङ्घीय सहायताको आदेश दिएका छन् ।

मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले आँधीबेहरी अझै केही दिन सक्रिय रहनसक्ने चेतावनी दिएको छ । शुक्रवार आएको आँधी र चक्रवातबाट मिसिसिपीमा कम्तीमा २६ जनाको ज्यान गएको छ । खोज तथा उद्धारको प्रयास भइरहेको पनि राज्य सरकारले जनाएको छ ।

दुई सय ६५ देखि तीन सय २० किलोमिटरको वेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले ठूलो क्षति गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट