Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उत्तर कोरियाद्वारा सोमबार बिहान छोटो दुरीका दुई ब्लास्टिक मिसाइल प्रहार


काठमाडौं । उत्तर कोरियाले सोमबार बिहान आफ्नो पूर्वी तटबाट समुद्रमा दुई छोटो दुरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाले आयोजना गरेको सैन्य अभ्यासको बीचमा उत्तर कोरियाले गरेको प्रक्षेपणको शृंखलामा यो प्रक्षेपण सबै भन्दा नयाँ भएको हो ।

उत्तरी ह्वाङहाई प्रान्तबाट स्थानीय समय बिहान ७ः४७ बज क्षेप्यास्त्र प्रहार गरिएको थियो । करिब ३७० किलोमिटर उडेका दक्षिण कोरियाका संयुक्त सेना प्रमुखको कार्यालयले जनाएको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार दुवै मिसाइलहरू जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको देखिन्छ ।

दक्षिण कोरियाको सेनाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन यो प्रक्षेपणले गरेको भनी प्रक्षेपणको कडा निन्दा गरेको छ ।

जापान सरकारले पनि उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणले जापान, सो क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको सुरक्षा र शान्तिलाई खतरामा पारेको जनाएको छ ।

शुक्रबार उत्तर कोरियाले नयाँ आणविक–सक्षमता सहितको पानी मुनि आक्रमण गर्ने ड्रोन परीक्षण गरेको छ नेता किम जोंग उनले जनाए । साथै दक्षिण कोरिया र अमेरिकाद्वारा जारी गरिएको संयुक्त सैन्य अभ्यास बन्द गर्नुपर्ने बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट