Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु


अमेरिकाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको बीबीसीले जनाएको छ ।

११ वर्षसम्मका बालबालिका अध्ययन गर्ने निजी विद्यालयमा झण्डै दुई सय विद्यार्थी थिए । ज्यान गुमाउनेहरुमा तीन जना नौ वर्षका बालबालिका र तीन जना ६० वर्ष तथा त्योभन्दा माथिका नागरिक रहेका छन् । विद्यालयमा जथाभाबी गोली चलाउने व्यक्ति २८ वर्षकी स्थानीय महिला रहेको र उनलाई पनि प्रहरीले गोली हानेको छ ।

गोली लागेकी महिलाको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । गोली चलाउने महिला त्यही विद्यालयकी पूर्व विद्यार्थी रहेकी समेत प्रहरीले जनाएको छ । राष्ट्रपति जो बाइडेनले जथाभाबी गोली चलाउने घटना रोक्नका लागि कारबाही थाल्न संसद्लाई निर्देशन दिएका छन्।

अमेरिकामा पछिल्लो समय विद्यालयमा जथाभाबी गोली चलाउने घटना बढिरहेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट