Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकामा टोर्नाडो आँधीमा परी कम्तिमा २१ जनाको मृत्यु


काठमाडौं, १९ चैत । संयुक्त राज्य अमेरिकाको दक्षिणी र मध्यपश्चिमका सहरमा आएको टोर्नाडो आँधीमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ। आँधीमा दर्जनौँ घाइते भएका छन्।

मृत्यु हुनेमा टेनेसी राज्यका सात, अर्कान्सासका पाँच र इलिनोइसका चारजना छन्। अन्य पाँच जना इन्डियाना, अलाबामा र मिसिसपी राज्यका रहेको बताइएको छ। शुक्रबार राति आएको आँधीले आठ राज्य प्रभावित बनेका छन्। आँधीले धेरै घर र व्यवसायीक क्षेत्रमा असर पुगेको छ। दक्षिणी मैदानका जंगलमा आगलागी भएको छ भने उत्तरी क्षेत्रमा हिमपात भएको छ।

आँधीले विद्युत प्रसारणमा क्षति पुग्दा १० औँ हजार मानिस अँध्यारोमा बस्न बाध्य छन्। आठ करोड ५० लाख मानिस आँधीबाट प्रभावित भएको समाचार एजेन्सी अलजजीराले जनाएको छ। अर्कानान्सका गभर्नर साराह हुकाबीले राज्यमा संकटकाल घोषाणा गर्दै उद्वार र राहतका लागि १०० सदस्यीय सक्रिय टोली गठन गरेका छन्। २०२३ मा मात्रै अमेरिकामा टोर्नाडो आँधीका कारण २७१ जनाले ज्यान गुमाएका छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट