Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रुसको सेन्ट पिटर्सबर्गमा विस्फोट : सेनाका प्रमुख ब्लगरको मृत्यु, २५ जना घाइते


रुसको सेन्ट पिटर्सबर्गमा भएको विस्फोटमा सेनाका प्रमुख ब्लगरको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । विस्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले जनाएको छ ।

सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो । तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो । उनी रुसमा लोकप्रिय थिए। रुसको गृह मन्त्रालयले उनको मृत्यु भएको पुष्टि गरेको छ । उनको वास्तविक नाम मेक्सिम फोमिन रहेको जनाइएको छ । उनले युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आएका थिए ।

युक्रेनको सीमा क्षेत्रमा उनले रिपोर्टिङ गरेका थिए भने गएको वर्ष उनले बनाएको एउटा भिडियोले निकै चर्चा बटुलेको थियो । भिडियोमा उनले आफूहरुले जो सुकैलाई हराउने बताउने गर्थे । रुसी सञ्चारमाध्यमका अनुसार तातारस्कीलाई उपहारमा एउटा बक्स दिइएको थियो । त्यो बक्समा विस्फोटक पदार्थ राखिएकोले विस्फोट भएको दाबी गरिएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा विस्फोट र सडकमा घाइते भएकाहरु देख्न सकिन्छ । घटना कसले गरायो भन्नेबारे अनुसन्धान थालिएको खबरमा उल्लेख छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट