Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम अदालतमा उपस्थित हुँदै, समर्थकहरू प्रदर्शन गर्ने तयारीमा


ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुने भएका छन् । उनी अदालतमा उपस्थित ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गएराति नै ट्रम्प फ्लोरिडाबाट न्यूयोर्क पुगेर बसिसकेका छन् । त्यहाँबाट उनी अदालत जानेछन् । प्रहरीले ट्रम्प टावरलाई चारैतिरबाट घेरा हालेको छ । साथै ट्रम्प उपस्थित हुन लागेको अदालत वरपरका सडक पनि बन्द गराएर सुरक्षाकर्मी तैनाथ गरिएको छ । सामाजिक सन्जालहरुमा पनि कडा निगरानी गरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

न्यूयोर्क प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै आवश्यक प्रबन्ध मिलाएको भन्दै कुनै किसिमको खतरा नभएको जनाएको छ ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

७६ वर्षीय ट्रम्पले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । आफ्नो बचाउका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन् । फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति ट्रम्प अदालतमा उपस्थित हुन लागेको क्षणलाई अत्यधिक चासोको रुपमा हेरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट