Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

फौजदारी मुद्दाको प्रतिवाद गर्न न्यूयोर्क पुगे ट्रम्प


काठमाडौं, २१ चैत । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि लागेको फौजदारी मुद्दाको प्रतिवाद गर्न न्यूयोर्क पुगेका छन् । उनी निजी जेट विमान चढेर फ्लोरिडाबाट न्यूयोर्कस्थित म्यानहटन जिल्ला न्यायाधिवक्ता कार्यालयमा उपस्थित भएको बताइएको छ ।

उनीविरुद्धको मुद्दालगत्तै म्यानहटनको फौजदारी अदालतसमक्ष प्रस्तुत गरिएको छ । अदालतले ट्रम्पको औँठाछाप र फोटो खिचेपछि मुद्दाको सुनुवाई हुने बताइएको छ । तर ट्रम्पलाई हतकडी भने नलगाइने रोयटर्सले जनाएको छ ।

ट्रम्पविरुद्धको अभियोगपत्रमा उनीविरुद्ध व्यावसायिक धोखाधडीसँग सम्बन्धित ३० भन्दा बढी कसूर लगाइएको छ । अश्लिल फिल्मकी पूर्वनायिका स्टोर्मी ड्यानियल्सलाई यौन सम्बन्धपछि एक लाख ३० हजार डलर दिएको प्रमुख अभियोग सबैभन्दा चर्चित छ ।

७६ वर्षीय ट्रम्प फौजदारी अभियोग लागेका पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् । उनले आफूविरुद्ध आगामी वर्षको राष्ट्रपति निर्वाचनमा छेकबार लगाउन प्रपञ्च रचेको बताएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट