Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ब्राजिलको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको मृत्यु


ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ ।

एक २५ वर्षीय आक्रमणकारीले ब्लुमेनाउ शहरमा निजी विद्यालय गुड सेफर्ड सेन्टरमा धारिलो हतियारले आक्रमण गरी चार जनाको हत्या गरेका सान्टा क्याटारिना राज्यका प्रहरी अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अरु चार जना घाइते भएका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले विद्यालयमा भएको आक्रमणको निन्दा गरेका छन् ।

उनले तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रशासनलाई निर्देशन दिएका छन् । सान्ता क्याटारिनाका गभर्नरले घटनापछि स्थानीय क्षेत्रमा तीन दिनको शोक घोषणा गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट