Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चिनियाँ सेनाले ताइवानलाई घेरा हालेर सैन्य अभ्यास ‘ज्वाइन्ट स्वोर्ड’ संचालन


सांघाई । चिनियाँ सेनाले ताइवानलाई घेरा हालेर सैन्य अभ्यास ‘ज्वाइन्ट स्वोर्ड’ संचालन गरेको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए)को इस्टर्न थियटर कमाण्डले ताइवान टापुलाई घेर्ने गरी आफ्नै हवाई तथा नौसैनिक बललाई परिचालन गरेको छ। कमाण्डले ताइवानलाई चारै दिशाबाट घेर्ने गरी आफ्नो प्रतिरोध घेरा स्थापना गर्न सुरक्षा बल पठाएको कमाण्डले जनाएको छ।

‘ज्वाइन्ट स्वोर्ड’ नाम दिइएको सैन्य अभ्यासको पहिलो दिन कमाण्डले विध्वंसक, फ्रिगेट, क्षेप्यास्त्र डुङ्गा, लडाकु विमान, बमवर्षक, इलेक्ट्रोनिक वारफेयर प्लेन, रिफ्युलिङ एयरक्राफ्टका साथै मल्टिपल लन्च रकेट प्रणाली र परम्परागत ब्यालिस्टिक क्षेप्यास्त्र युनिटलाई युद्ध तैनाथीका लागि तोकिएका क्षेत्रमा स्थानान्तरण गरेको छ।

शनिबारको पीएलएको इस्टर्न थियटर कमाण्डले समुद्रमा, हवाई क्षेत्र तथा सूचना प्रणालीमा प्रभुत्व जमाउने सेनाको क्षमताको परीक्षण गरेको कमाण्डले जनाएको छ। उसले यसमा संलग्न एकाइहरू ुनिरोध र दमनको स्थिति सिर्जना गर्नु टापुतर्फ जानका लागि संगठित गरिएको जनाएको छ।

कमान्डले अपलोड गरेको भिडियो क्लिपमा पीएलएका केही नवीनतम उपकरणहरुलाई सार्वजनिक गरिएको छ। वाईवाई–२० रिफ्युलिङ ट्यांकर र पीसीएच–१९१ मल्टिपल(लन्च रकेट भेहिकल अभ्यासमा प्रयोग गरिएको भिडियोमा देखाइएको छ।

यसबाहेक, ब्यालेस्टिक वा क्रुज मिसाइलको नयाँ मोडेलको लागि प्रक्षेपण वाहन जस्तो देखिने एक नयाँ प्रकारको जमीनी हतियार पनि भिडियोमा देखाइएको छ। कमाण्डका प्रवक्ता सिनियर कर्नेल सि यीले शनिबार ताइवान जलडमरूमध्यको जल र हावामा र टापुको उत्तर, पूर्व र दक्षिणमा ‘ज्वाइन्ट स्वोर्ड’ अभ्यास हुने बताएका थिए।

‘ताइवानको स्वतन्त्रता’ पृथकतावादी र बाह्य शक्तिको साँठगाँठ र उक्साहटका लागि यो अभियान गम्भीर चेतावनी भएको र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि आवश्यक कदम उनले बताएका छन्।

पछिल्लो समय ताइवानी नेताको तासी इन–वेन मध्ये अमेरिकी राष्ट्रको १० दिने लामो भ्रमणका क्रममा जाँदा र फर्किँदा ६ दिन अमेरिकामा रोकिएकी थिइन्। शनिवार मात्र उनी ताइपेइ फर्किएकी छन्। यतिबेला ताइपेइमा अमेरिकी संसदीय टोली भ्रमणमा छन्।

शनिवार मात्र अमेरिकी संसदको परराष्ट्र मामिला समितिका अध्यक्षसमेत रहेका सांसद मिचेल म्याककलले अमेरिकी संसदमा आफूले समितिको अध्यक्षको हैसियतले सैन्य सामाग्री बिक्रिसम्बन्धी निर्णमा हस्ताक्षर गरेको र यो निर्णयमा ताइवानलाई हतियार बिक्री गर्ने कुरा रहेको बताएका थिए। उनले ताइवानलाई छिटै हतियार पुग्ने बताएका थिए। म्याककल नेतृत्वको संसदीय टोली बिहीवार मात्र ताइवान पुगेको थियो।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट