Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आलोचनाका बीच फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास


प्रदर्शनकारीले सैन्य अभ्यासको निन्दा गरिएका प्ले कार्ड र ब्यानर बोकेका थिए । साथै उनीहरूले फिलिपिन्सका नागरिकलाई यो अभ्यासको विरोध गर्न आह्वान पनि गरेका थिए । केही प्रदर्शनकारीले फिलिपिन्समा रहेको अमेरिकी राजदूतावासबाहिर रहेको अमेरिकाको प्रतीक चिह्नमा रङले भरिएका औजारबाट प्रहार गरी प्रतीक चिह्नलाई विकृत पारेका थिए । अभ्यासको औपचारिक कार्यक्रम भइरहेका बेला सैनिक मुख्यालय र अन्य सैनिक क्याम्पका गेटमा अर्काथरि प्रदर्शनकारीले अभ्यासको विरोध गरेका थिए ।

काठमाडौं । कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले वृहत् संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशकयताकै सबैभन्दा वृहत् हो ।

संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकहरूले बताएका छन् । बालिकाटन नामको १८ दिने यो अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका र १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेका फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अस्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत दर्जनौँ देशले पर्यवेक्षकका रूपमा भाग लिएका छन् ।

‘बालिकाटन २०२३’ उत्तरी लुजोन टापु, पलावान प्रान्त, बाटानेस टापु र जाम्बालेस प्रान्तलगायत धेरै स्थानमा आयोजना हुनेछ । यो अभ्यास सामुद्रिक सुरक्षा, ‘साइबर डिफेन्स’, प्रतिआतङ्कवाद, मानवीय सहायता, प्रकोप व्यवस्थापन तथा उद्धारमा केन्द्रित हुनेछ । अभ्यासका क्रममा फिलिपिन्स र अमेरिकी सेनाले हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमसहित अत्याधुनिक हतियार प्रणालीलाई पनि सक्रिय पार्नेछन् ।

यसैबीच लिगअफ फिलिपिनो स्टुडेन्ट्सले यो अभ्यासको विरोध गरेको छ । सैन्य अभ्यास औपचारिक रूपमा सुरु हुनु केहीबेरअघि यो सङ्गठनका सदस्यले विरोध प्रदर्शन गरेका थिए । विरोधका क्रममा उनीहरूले फिलिपिन्स सरकारलाई अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्न माग पनि गरेका थिए ।

प्रदर्शनकारीले सैन्य अभ्यासको निन्दा गरिएका प्ले कार्ड र ब्यानर बोकेका थिए । साथै उनीहरूले फिलिपिन्सका नागरिकलाई यो अभ्यासको विरोध गर्न आह्वान पनि गरेका थिए । केही प्रदर्शनकारीले फिलिपिन्समा रहेको अमेरिकी राजदूतावासबाहिर रहेको अमेरिकाको प्रतीक चिह्नमा रङले भरिएका औजारबाट प्रहार गरी प्रतीक चिह्नलाई विकृत पारेका थिए । अभ्यासको औपचारिक कार्यक्रम भइरहेका बेला सैनिक मुख्यालय र अन्य सैनिक क्याम्पका गेटमा अर्काथरि प्रदर्शनकारीले अभ्यासको विरोध गरेका थिए ।

फिलिपिन्सको विद्वत् वर्गको समूह एसियन सेन्चुरी फिलिपिन्स स्ट्राटेजिक स्टडिज इन्स्टिच्युटका उपाध्यक्ष अन्ना मालिन्डोग उयले बालिकाटन अभ्यासबाट दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) क्षेत्र र विशाल एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता सृजना गर्ने टिप्पणी गरेका छन् । उनले अमेरिकालाई हतियारमा खर्च गर्नुको सट्टा यस क्षेत्रका देशलाई आर्थिक सहयोग गर्न सुझाएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट