Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ब्राजिलका राष्ट्रपति सिल्भाले आउँदो हप्ता चीनको भ्रमण गर्ने


ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आउँदो हप्ता चीनको भ्रमण गर्ने भएका छन् । भ्रमणमा चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार तथा रुस–युक्रेन विवादमा चीनको मध्यस्थताबारे पनि छलफल हुने भएको छ ।

७७ वर्षका वामपन्थी नेता लुला आउँदो मङ्गलबार बेइजिङ पुग्ने र शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको समाचार संस्था एएफपीले जनाएको छ । भेटमा लुलाले युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता र वार्ताका लागि आफ्नो प्रस्तावलाई अघि बढाउनेछन्।

राष्ट्रपतिको रूपमा आफ्नो तेस्रो कार्यकालको तीन महिनापछि लुलाले तेस्रो विदेश भ्रमण गर्न लागेका हुन् । उनले यसअघि अर्जेन्टिना र अमेरिकाको भ्रमण गरिसकेका छन् । चीन ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार देश हो । बेइजिङका अधिकारीले पनि ब्राजिललाई आफ्नो रणनीतिक र आर्थिक योजनामा एक प्रमुख शक्तिको रूपमा लिने गरेका छन् ।

लुलाको पछिल्लो दुई कार्यकालमा सन् २००३ देखि २०१० सम्म ब्राजिलले रुस, भारत, चीन र दक्षिण अफ्रिकासँग मिलेर उदयिमान अर्थतन्त्रको ब्रिक्स समूह निर्माण गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट