Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

टेरी गो ताइवानको राष्ट्रपति पदको प्रतिस्पर्धामा


काठमाडौं । विश्वको ठूलो आइटी कम्पनी एप्पलको प्रमुख आपूर्तिकर्ता कम्पनी फक्सकनका संस्थापक टेरी गोउले ताइवानको प्रमुख विपक्षी दलबाट दोस्रो पटक राष्ट्रपतिको उम्मेदवारी दिने प्रयास गरिरहेका छन् । उनले त्यहाँको परम्परागत रूपमा चीनसँग घनिष्ठ सम्बन्धलाई समर्थन गर्ने कुओमिन्ताङ (केएमटी)बाट उम्मेदवारी अनुमति पाउन प्रयास गरिरहेका हुन् ।

सन् २०१९मा गोउले राष्ट्रपतिको लागि फक्सकनको मालिकको पद छोडेका थिए । तर, मनोनित हुन सकेनन् । ताइवानका राष्ट्रपति साई इङ–वेन अमेरिकाको भ्रमणमा रहेका बेला यस्तो समाचार सार्वजनिक भयो ।

ताइवानको स्वतन्त्रतालाई उच्च पार्ने र चीनलाई घृणा र विरोध गर्ने डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीेलाई भोट दिनु खतरनाक छ भनेर हामीले युवाहरूलाई इमानदारीपूर्वक बताउनुपर्ने फक्सनका संस्थापक गोउले ताइवानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा एउटा होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।

चीनसँग युद्धबाट बच्ने एकमात्र उपाय अमेरिका र चीनबीचकोे तनाव कम गर्नु र ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) लाई सत्ताच्युत गराउनु रहेको उनले जनाए । चीन सरकारले ताइवानलाई स्वशासित, अलग्गिएको प्रान्तको रूपमा हेर्छ जुन अन्ततः चीनको नियन्त्रणमा एकीकरण हुनेछ । यद्यपि, ताइवानका. मौजुदा सरकारको नेतृत्व गर्ने पार्टीले आफूलाई प्रजातान्त्रिक रूपमा निर्वाचित नेताहरूसँग चिनियाँ मुख्य भूमिभन्दा फरक ठान्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट