Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

म्यानमारको सागिङ क्षेत्रमा सेनाको अहिलेसम्मकै घातक आक्रमण


म्यानमारको सेनाले गरेको हवाई आक्रमणमा एक सयभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । यसलाई म्यानमारमा जारी गृहयुद्धमा सबैभन्दा घातक सैन्य आक्रमण मानिएको बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले उत्तर–पश्चिममा रहेको सागिङ क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणमा मारिनेहरूको अहिलेसम्म कम्तीमा ८० वटा शव निकालेको र सङ्ख्या बढ्ने अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सैनिक शासनविरुद्ध सागिङ क्षेत्रमा महिनौँदेखि उग्र प्रतिरोध जारी छ । देशमा भइरहेको गृहयुद्धलाई दबाउन सेनाले गरेको यो सबैभन्दा घातक आक्रमण हो ।

यसैबीच संयुक्त राष्ट्र सङ्घले यस आक्रमणको निन्दा गरेको छ । सन् २०२१ को फेब्रुअरीमा कू पछि सत्तामा आएको सेनाले आफ्ना विपक्षीहरूको आवाज दबाउन लगातार हवाई आक्रमण गरिरहेको छ । –एजेन्सी

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट