Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

व्यापक विरोधकाबीच फ्रान्स सरकारले निवृत्तिभरणको उमेर दुई वर्ष बढायो


फ्रान्समा सरकारले व्यापक विरोधकाबीच निवृत्तिभरण प्राप्तिको उमेर बढाएको छ । निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा राष्ट्रपति इमानुएल म्याक्रोँले हस्ताक्षर गरेसँगै निवृत्तिभरण पाउने उमेर दुई वर्ष बढेको एएफपीले जनाएको छ ।

नयाँ व्यवस्था आउँदो सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरेका हुन् । निवृत्तिभरण प्राप्तिको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष कायम गरिएको छ ।

राष्ट्रपति म्याक्रोँले विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन सुधार गरिएको बताउनुभएको छ । परिषद्ले जनमत सङ्ग्रहका लागि विपक्षीबाट भएको मागलाई अस्वीकार गरेको छ । परिषद्को निर्णयप्रति असहमति जनाउँदै प्रदर्शनककारीले आगो बालेर विरोध गरेका छन् । प्रहरीले एक सय १२ जनालाई पक्राउ गरेको छ ।

पेन्सन सुधार योजनाविरुद्ध देशका विभिन्न भागमा १२ दिनसम्म प्रदर्शन भएका थिए । कर्मचारी युनियनहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यही मे १ अर्थात् मजदुर दिवसका दिन सडकमा आउन मजदुरहरूलाई आह्वान गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट