पश्चिम बंगालका सबै शैक्षिक संस्थाहरू गर्मीका कारण अर्को साता बन्द भएको घोषणा

काठमाडौं । भारतको पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले गर्मीका कारण सबै शैक्षिक संस्थाहरू अर्को साता बन्द रहने घोषणा गरेकी छिन् ।
विद्यालयबाट फर्किएपछि पछिल्ला केही दिनदेखि बालबालिकामा टाउको दुख्ने र गर्मीका कारण अन्य स्वास्थ्य समस्या हुने गरेको उनले बताइन् ।
उनले भनिन् “गम्भीर गर्मीको अवस्थालाई ध्यानमा राख्दै स्कूल, कलेज, विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाहरू सोमबारदेखि अर्को हप्ता शनिबारसम्म बन्द रहनेछन्। म निजी शैक्षिक संस्थाहरूलाई यस अवधिमा पनि त्यस्तै गर्न आग्रह गर्दछु ।”
मुख्यमन्त्री बनर्जीले दिउँसो १२ बजेदेखि ४ बजेसम्म घाममा घरबाट ननिस्कन अनुरोध गरेकी हुन् ।
मौसम ४० डिग्री सेल्सियस माथि पुगेको छ ।
पहाडी क्षेत्रहरूमा कम्तीमा २० डिग्री रहेको छ ।
मौसम विभागले अप्रिल १९ सम्म गर्मीको लहर चल्ने पूर्वानुमान गरेको छ । यसैबीच दिल्लीमा सहरको बेस स्टेशन सफदरजंगमा अधिकतम तापक्रम ४०.५ डिग्री रेकर्ड गरिएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार अक्षरधाम नजिकैको खेलकुद कम्प्लेक्समा ४१.९ डिग्री सेल्सियस रहेको थियो ।
आगामी साता दिल्लीमा पनि मौसमको अवस्था यस्तै रहने अनुमान गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया