Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पोल्यान्ड र हङ्गेरीमा युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्ध


पोल्यान्ड र हङ्गेरीले युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका छन् । युक्रेनी अन्न सस्तोमै बेचिन थालेपछि आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न भन्दै दुई देशले खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका रोयटर्सले जनाएको छ ।

रुसको आक्रमणले ब्ल्याक सी का केही बन्दरगाह बन्द भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमा बिक्री भइरहेको छ । युक्रेनको अन्न युरोपेली सङ्घ ९ईयू० मा सबैभन्दा सस्तो छ । युक्रेनी अन्नले बजार पाउँदा आफ्नो देशमा उत्पादन घटेको पोल्यान्ड र हङ्गेरीको भनाइ छ ।

तर ईयूले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्षीय कदम अस्वीकार्य भएको भन्दै विरोध गरेको रोयटर्सले उल्लेख गरेको छ । पोल्यान्ड सरकारका प्रवक्ता पिओटर मुलरले युक्रेनी अन्न प्रतिबन्धबारेमा ईयूसँग सम्पर्कमा रहेको र छलफलबाट समाधान खोज्ने बताए । पोल्यान्ड र हङ्गेरी न्यायिक स्वतन्त्रता, मिडिया स्वतन्त्रता अधिकारलगायत मुद्दामा ईयूसँग लामो समयदेखि विवादमा छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट