Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सन् २००२ मा गुजरातमा भएको दङ्गामा संलग्न ६८ जना आरोपी निर्दोष ठहर


भारतको गुजरातमा सन् २००२ मा भएको धार्मिक दङ्गामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा खेप्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय एक अदालतले सफाइ दिएको छ ।

अहमदाबाद अदालतले हिजो एक पूर्व राज्यमन्त्री र कट्टरपन्थी हिन्दु समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै यो विषयको मुद्दा समाप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २१ वर्षअघि ११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा परि ५९ जना हिन्दु तीर्थयात्रीको मृत्यु भएको थियो ।

लगत्तै भड्किएको धार्मिक हिंसामा कम्तीमा एक हजार नागरिकको मृत्यु भएको थियो । अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यसबेला गुजरातको मुख्यमन्त्री थिए। यो घटनालाई नजरअन्दाज गरेको मोदीमाथि आरोप थियो । उनलाई सन् २०१२ मा सफाइ दिइएको थियो ।

भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो । मुद्दामा कुल १ सय ८८ जना दोषी ठहर भएका छन् भने ३ सय १३ जनाले सफाइ पाएका छन् । विपक्षी दल काङ्ग्रेसकी शमा मोहम्मदले फैसलाप्रति असन्तुष्टि जनाउँदै गरेको ट्विटरमा गुजरातको न्याय प्रणाली ‘ढोङ्ग’ भएको टिप्पणी गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट