Techie IT
  • १३ जेठ २०८१, आईतबार
Jhilko

एलन मस्कको स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विष्फोट


काठमाडौं । अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विष्फोट भएको छ ।

हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विष्फोट भएको हो ।

यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । एलन मस्कको यो महात्वाकांक्षी परियोजना थियो ।

उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन । त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भयो ।

यसअघि गत सोमबार यही यान परीक्षण गर्ने भनिएकोमा अन्तिम समयमा स्थगित गरिएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट