Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकाले युक्रेनलाई आर्तियोमोभस्क फिर्ता हुन भनेको आग्रह पेन्टागनबाट चुहियो


काठमाडौं । अमेरिकाले युक्रेनलाई आर्तियोमोभस्कबाट फिर्ता हुन गरेको आग्रह अमेरिकी रक्षामन्त्रालय पेन्टागनबाट चुहिन पुगेको कागजातमा रहेको पाइएको छ ।

अमेरिकाले जनवरीदेखि नै युक्रेनी सरकारलाई यस्तो चेतावनी दिँदै आएको छ ।

युक्रेनी भाषामा बाख्मुत भनेर चिनिने डोनबासको मुख्य शहर आर्तिमोेभस्क शहरलाई नियन्त्रणमा राख्न नसक्ने भएपछि पटक पटक फिर्ता हुन अमेरिकी सरकारले आग्रह गरेको द वासिंटन पोस्टले बिहीबार यस्तो जनाएको छ ।

गुप्त कागजात अनुसार युक्रेनले यो शहरलाई नियन्त्रणमा राख्न नसकेपछि अमेरिकी सरकारले यस्तो आग्रह गरेको हो ।

अखबारका अनुसार अमेरिकी सरकारको चेतावनीहरूलाई ठूलो मात्रामा बेवास्ता गरिएको देखिन्छ । अमेरिकी सरकारले भनिए अनुसार यो शहरले रणनीतिक सैन्य मूल्य मात्र ओगटेको नभइ युक्रेनको राष्ट्रिय मनोबल कायम राख्न आवश्यक ठानेको छ ।

यहाँ दुवै पक्षहरुमा उल्लेखनीय हताहत भएको भनिएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिन लगायत धेरै पश्चिमी अधिकारीहरूले यो शहर युक्रेनी सरकारका लागि रणनीतिक भन्दा बढी प्रतीकात्मक रहेको बताएका छन् ।

तर युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शहरलाई किल्ला घोषणा गरेपछि सम्भव भएसम्म यसको रक्षा गर्ने वाचा गरेका छन् ।

सोमबार न्यूजवीकले रिपोर्ट गरेको पेन्टागन कागजातहरूको अर्को समूहले संयुक्त राज्य अमेरिकाले आर्तियोमोभस्कलाई समग्र युद्धका लागि महत्वपूर्ण र अनिवार्य रूपमा रूसी हातमा पर्ने युक्रेनी सरकारलाई मनोवैज्ञानिक धक्का दिनेकुरामा रूपमा विश्वास नगरेको उल्लेख छ ।

यसैबीच, रुसी रक्षा मन्त्रालयले यस हप्ताको सुरुमा वाग्नर सैन्य समूहका लडाकुहरूसँग मिलेर आर्तियोमोभस्कलाई उत्तर र दक्षिणबाट अवरुद्ध गरेको र दक्षिण–पश्चिम, उत्तर–पश्चिमका धेरै जिल्लाहरू पनि नियन्त्रणमा लिएको बताएको छ ।

रुसको डोनेट्स्क पिपुल्स रिपब्लिकका कार्यवाहक प्रमुख डेनिस पुशिलिनका अनुसार आर्तियोमोभस्क जाने सबै सडकहरू रुसी तोपखालले नियन्त्रणमा लिएको बताएका छन् । रुसी सेनाले शहरको ९०% भागमा युक्रेनी सेनाको पश्चिमी जिल्लाको सानो भागमा टाँसिएर बसेको छ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट