Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पूर्व सोभियत गणराज्यहरूको सार्वभौमसत्तामाथि चीनले उठायो प्रश्न


काठमाडौं । पूर्व सोभियत गणराज्यहरूको सार्वभौमसत्तामाथि चीनले प्रश्न खडा गरेको छ ।

फ्रान्सका लागि चिनियाँ राजदूत लु शेले युक्रेन र अन्य पूर्व सोभियत गणराज्यहरूको सार्वभौमसत्तामाथि प्रश्न उठाएका हुन् ।

अन्तर्राष्ट्रिय कानून अन्तर्गत उनीहरूको धमिलो स्थितिले क्राइमिया जस्ता विवादित क्षेत्रहरूमा द्वन्द्व समाधान गर्न गाह्रो बनाउने बताउँदै उनले यस्तो प्रश्न उठाए ।

“पूर्व सोभियत संघका यी गणराज्यहरूको पनि अन्तर्राष्ट्रिय कानूनमा प्रभावकारी हैसियत छैन । किनभने त्यहाँ सार्वभौम देशको रूपमा आफ्नो हैसियतलाई ठोस बनाउने कुनै अन्तर्राष्ट्रिय सम्झौता छैन,“ राजदूत लुले शनिबार फ्रान्सेली प्रसारक एलसीआई सँगको अन्तर्वार्तामा भने।

स्वीस पत्रकार ड्यारियस रोचेबिनले क्राइमिया युक्रेनी क्षेत्र हो कि भनेर सोध्दा लुले भने, “तपाईले समस्यालाई कसरी बुझ्नुहुन्छ भन्नेमा भर पर्छ। यो त्यति सरल छैन। ”

रोचेबिनले आफ्नो चिनियाँ राजदूत लुलाई सच्याउने प्रयास गर्दै भने, “माफ गर्नुहोस्, अन्तर्राष्ट्रिय कानून अनुसार, तपाईंलाई थाहा छ यो युक्रेन हो । अन्तर्राष्ट्रिय कानून अन्तर्गत तपाईं यसलाई बहस गर्न सक्नुहुन्छ, तपाईं यसलाई विवाद गर्न सक्नुहुन्छ, तर यो युक्रेन हो ” लुले जवाफ दिए, “क्राइमिया मूलरूपमा रूसको भाग थियो, होइन र? यो सोभियत नेता निकिता ख्रुश्चेभ थिए जसले क्राइमियालाई सोभियत संघ भएका बेला युक्रेनलाई दिए ।”

प्रायद्वीपको स्थितिमा फेरि जोड दिँदै चिनियाँ राजदूत शेले “अब हामीले यस प्रकारको समस्याको बारेमा फेरि झगडा गर्नु हुँदैन । अब, सबैभन्दा जरुरी कुरा भनेको युद्ध बन्द गर्नु हो , युद्ध विराम गर्नु हो ”

चिनियाँ अधिकारीहरूले रुस–युक्रेन द्वन्द्वमा तटस्थ अडान कायम राख्ने प्रयास गरेका छन् । अमेरिका र अन्य पश्चिमी शक्तिहरूबाट मस्कोको निन्दा गर्न र प्रतिबन्धहरू लगाउने दबाबको प्रतिरोध गर्दै फेब्रुअरीमा १२ बुँदे शान्ति योजना प्रस्ताव गर्ने बेइजिङले युक्रेनमा हुने रक्तपातलाई रोक्न र यसमा संलग्न सबै पक्षहरूको सुरक्षा चासोलाई ध्यानमा राखी कूटनीतिक समाधानतर्फ काम गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले क्रिमियासहित आफ्नो देशको सबै क्षेत्र पुनः कब्जा गर्ने वाचा गरेका छन् । यो लक्ष्य पश्चिमी समर्थकहरूले यथार्थवादी रूपमा लिँदैनन् । प्रायद्वीपका बासिन्दाहरूले क्राइमिया सन् २०१४मा रूसको हिस्सा बन्नको लागि भारी मत दिएका थिए । युक्रेनको निर्वाचित सरकारलाई पदच्युत गर्न अमेरिकाले समर्थन गरेपछि रुसले क्राइमियालाई अधिग्रण गर्न यस्तो गर्न लगाएको थियो ।

युक्रेनी सरकारको दृष्टिकोणबाट क्षेत्रीय अखण्डताको महत्वबारे सोध्दा लुले मुद्दाको ऐतिहासिक जटिलतालाई फेरि औंल्याउँदै भने , “त्यहाँ उनीहरूको युद्धका लागि ठोस समस्याहरू छन् छैनन् र ? एक शब्दमा भन्न धेरै सजिलो छ। यदि तपाईलाई कुनै समस्या छ भने, तपाई सँगै कुरा गर्न सक्नुहुन्छ।“


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट