Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिंगापुरमा एक केजी गाँजा तस्करी गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइयो


काठमाडौं, १३ वैशाख । सिंगापुरमा एक केजी गाँजा तस्करी गरेको अभियोग पुष्टि भएपछि एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । ४५ वर्षे तंगराजु सुपैयालाई सिंगापुरको चांगी जेलमा सन् २०१८ को घटनामा बुधबार फाँसीमा चढाइएको हो ।

यतिबेला संयुक्त राष्ट्रसंघ र अधिकारवादी संस्थाहरूले तंगराजुलाई फाँसी दिएपछि सिंगापुर सरकारको विरोध गरेका छन् । सामान्य कुरामै मृत्युदण्ड दिइनु न्यायोचित कार्य नभएको आवाज उठिरहँदा सिंगापुर प्रशासनले आफूहरूले कानुनको पालना गरेको प्रतिक्रिया दिएको छ ।

अदालतको फैसलामा प्रश्न नगर्न पनि सिंगापुर सरकारले आग्रह गरेको छ । सिंगापुरमा लागुऔषधसम्बन्धी कडा कानुन छ । सामाजिक सुरक्षा कायम राख्न कडा कानुन आवश्यक भएको त्यहाँका सरकारी अधिकारीहरू बताउँछन् ।

यस्तो थियो आरोप ?

४६ वर्षका तंगराजु सुपैयाले सिंगापुरदेखि मलेसियासम्म गाँजा पुर्‍याउनमा मुख्य भूमिका खेलेका थिए । उनको साथबाट गाँजा भेटिएको थिएन यद्यपि अभियोजनकर्ताहरूले गाँजा तस्करीका मुख्य योजनाकार उनी भएकाले उनलाई मृत्युदण्डको सजाय दिइनु जायज भएको बताउँछन् ।

गतवर्षको अप्रिल महिनामा पनि एक लागुऔषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो । नागेन्द्रनको साथबाट सन् २०१० मा तीन चम्ची लागुऔषध हेरोइन बरामद भएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट