Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकाको टेक्सासमा गोली हानी पाँच जनाको हत्या


अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको छ ।

दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको बीबीसीले जनाएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् ।

स्थानीय प्रहरी अधिकारीले संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको र उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएका छन् ।

प्रहरीले गोली हान्ने व्यक्ति अझै फरार रहेको बताएको छ । केही दिनअघि टेक्सासमै एक भोजका क्रममा गोली चल्दा पनि नौ जनाको ज्यान गएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट