Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अस्ट्रेलियाले भारत, जापानलगायतका देशसँगको साझेदारीलाई थप बलियो बनाउने


अस्ट्रेलियाले भारत, जापानलगायतका देशसँगको साझेदारीलाई थप बलियो बनाउने भएको छ । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र चीनको दबदबालाई रोक्न भन्दै अस्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कुटनीतिक र रक्षा साझेदारीलाई अझ सघन बनाउने बताएको छ ।

अस्ट्रेलियाले गएको सोमवार सार्वजनिक गरेको रक्षासम्बन्धी रणनीतिक प्रतिवदेनमा भारतलगायत प्रमुख शक्तिराष्ट्रसँग आफ्नो सैन्य सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्नेमा जोड दिएको हो । बढ्दो चिनियाँ गतिविधिबाट अस्ट्रेलियाको राष्ट्रिय हितमा प्रतिकूल असर पर्नसक्ने उल्लेख गर्दै प्रतिवेदनमा हिन्द–प्रशान्त क्षेत्रमा प्रमुख शक्तिबीचको प्रतिस्पर्धाले अस्ट्रेलियालाई भारतलगायत शक्तिराष्ट्रसँग सहकार्य र साझेदारी गर्नुपर्ने सुझाव दिइएको हो ।

अस्ट्रेलियाले चीनसँगको सहयोग जारी राख्नुपर्ने, असहमति र मतभिन्नतालाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्नुपर्ने र राष्ट्रिय हितलाई सर्वोपरि मानेर अघि बढ्नुपर्ने खाँचो प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो दशकमा अस्ट्रेलियाको रणनीतिक नीति, रक्षा योजना र स्रोतहरूका लागि खाका तयार गर्न प्रतिवेदन सहयोगी हुने बताए ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट