Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बेलायती राष्ट्रमण्डलका आधा जतिको राजतन्त्र हटाउने चाहना भएको सर्वेक्षण


काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सामेल हुने बेलायती राष्ट्रमण्डल( कमनवेल्थ)का देशहरू मध्ये आधा जतिले राजतन्त्र हटाउने पक्षमा मतदान गर्ने एक नयाँ सवेक्षणमा थाहा भएको छ ।

सत्तारूढ कन्जरभेटिभ पार्टीका पूर्व उपसभापति माइकल एशक्रफ्टले गरेको सर्वेक्षणले बेलायतको कमनवेल्थ क्षेत्रभित्र रहेका क्यानडा र अष्ट्रेलिया लगायत १४ वटा विदेशी देशहरू राजतन्त्र त्याग्न रुचाउने सुझाव दिएको जनाएको छ ।

अस्ट्रेलियाली उत्तरदाताहरू मध्ये ४२ प्रतिशतले गणतन्त्र बन्ने पक्षमा थिए । ३५ प्रतिशत त्यस विचारको विरोधमा थिए । क्यानाडाले ठूलो असमानता दर्शायो । एशक्रफ्टको तथ्यांक अनुसार ४७ प्रतिशतले गणतन्त्र र केवल २३ प्रतिशतले मात्र सो प्रस्तावको विरोधमा देखिए ।

बहामास, जमैका, सोलोमन टापुहरू र एन्टिगुवा र बारबुडाले पनि राजा चार्ल्सलाई राज्यको प्रमुखबाट हटाउन मतदान गर्ने सर्वेक्षणबाट खुलेको छ ।

नतिजाका लागि तर्क फरक देखिन्छ। क्यारिबियन देशहरूमा केही उत्तरदाताहरूले विगतको औपनिवेशिकतालाई उनीहरूको जवाफको प्रेरणाको रूपमा उद्धृत गरे । जबकि अन्यत्र मानिसहरूले भने कि उनीहरूले गणतन्त्र बनाउँदा ठोस लाभहरू ल्याउने विश्वास गरे।

शनिबार हुने राजा चार्ल्सको राज्याभिषेक अघि एशक्रफ्टले गरेको छुट्टै सर्वेक्षणले बेलायतमा राजतन्त्रको लागि समर्थन उच्च रहेको पता लगाएको छ । तर यो बेलायतको सिमाना बाहिरको भावनाको विपरीत रहेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट