Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अर्कोसाता बेलायतकी पूर्वप्रधानमन्त्री लिज ट्रस ताइवान भ्रमण गर्ने


काठमाडौं । बेलायतकी पूर्व प्रधानमन्त्री लिज ट्रसले अर्को हप्ता ताइवानको भ्रमण गर्ने घोषणा गरेकी छिन् ।

भ्रमणको क्रममा उनले ताइवानका शीर्ष पदाधिकारीहरूसँग भेट्ने जनाएकी हुन् ।

यस कदमले चीनको क्रोधलाई झन बढाउने देखिएको छ । चीनका वर्तमान र पूर्व अधिकारीहरूले ताइवानमा हुने यस्ता भ्रमणको पटक पटक निन्दा गर्दै आएका छन् ।

“ताइवान स्वतन्त्रता र लोकतन्त्रको ज्योति हो। म बेइजिङको शासनबाट बढ्दो आक्रामक व्यवहार र बयानबाजीको सामना गर्दै व्यक्तिगत रूपमा ताइवानी जनतासँग ऐक्यबद्धता देखाउन तत्पर छु, ”उनले भ्रमणको क्रममा ताइवानका वरिष्ठ अधिकारीहरूसँग भेट्ने बताएकी छिन् ।

ट्रसले गत वर्ष मात्र ४५ प्रधानमन्त्रीको पद रही राजीनामा दिएकी थिइन् ।

त्यसपछि उनी चीनको बढ्दो मुखर आलोचक बनेकी छिन् ।

ताइवानको विदेश मामिलासम्बन्धी कार्यालयले ट्रसको यात्राको पुष्टि गरेको छ । उनले मे १६ र २० बीच टापुको भ्रमण गर्ने ताइवानी कार्यालयले जनाएको छ ।

चीन सरकारले ट्रसको आगामी भ्रमणको बारेमा अझै टिप्पणी गरेको छैन । तर बारम्बार ताइवानमा त्यस्ता यात्राहरूको निन्दा गरेको छ ।

गत वर्ष तत्कालीन अमेरिकी सदनका अध्यक्ष न्यान्सी पेलोसीको भ्रमणले चीनबाट कडा प्रतिक्रिया व्यक्त भएको थियो ।

ताइवान वरपरको हवाई क्षेत्र र पानीमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट