Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतको कर्नाटक राज्यमा काङ्ग्रेसको १ सय ३६ सिटमा जित, भाजपा ६५ सिटमा खुम्चियो


भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय काङ्ग्रेसले स्पष्ट बहुमत ल्याएको छ । दुई सय २४ सदस्यीय विधानसभामा बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्नेमा काङ्ग्रेसले एक सय ३६ सिट जितेको छ ।

सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ६५ सिटमा खुम्चिएको छ । सत्तारुढ भाजपाले हार स्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा काङ्ग्रेसलाई बधाई दिएका छन्।

कर्नाटकमा अघिल्लो चुनावमा भाजपाले एक सय चार सिट जितेको थियो । यस पटक काङ्ग्रेस ऐतिहासिक पुनरागमन गर्न सफल भएको छ । कर्नाटकको हारलाई भारतीय राजनीतिक विश्लेषकहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन् । मोदी चुनावी प्रचारका लागि मात्रै २० पटक कर्नाटक पुगेका थिए । यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलङ्गनामा विधान सभाको चुनाव हुँदैछ।

ती राज्यहरुमा पनि बहुमत ल्याउनका लागि काङ्ग्रेसलाई कर्नाटकको जितले हौसला दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट