Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अन्तरिक्षमा जाने पहिलो अरबी महिला बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा


अन्तरिक्षमा जाने पहिलो अरबी महिला रेयाना बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुुगेकी छिन् ।

अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जनामध्ये रेयाना बर्नावी एक हुन्।उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ ।

आईएसएस पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडिओमा उनले आफूमा र मानवतामा विश्वास गर्नुपर्नेमा जोड दिनुभएको छ । बर्नावीसँगै पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै रहेकी बीबीसीले जनाएको छ ।

साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट