Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बेलायती साम्राज्यः ४० वर्षमा साढे १६ करोड भारतीयहरूलाई मार्यो, साढे चार सय खर्ब डलर लुट्यो


बेलायती साम्राज्यले आफ्नो औपनिवेशिक साम्राज्यवादको करिब दुई सय वर्षको अवधिमा भारतबाट मात्रै कम्तीमा साढे चार सय खर्ब बराबरको सम्पत्ती लुटी लग्यो भने करिब ४० वर्षको अवधिमा साढे १६ करोड मानिसको ज्यान लिएको एक अध्ययनबाट सार्वजनिक भएको छ ।

युरोपेली साम्राज्यहरूले तिनीहरूको सिमाना बाहिर गरेका मानवसंहार अपराधहरूले एडोल्फ हिटलर र बेनिटो मुसोलिनीलाई फासीवादी अपराध गर्न प्रेरित गरेको थियो । जसले फासीवादी शासनहरूको उदय भयो र उनीहरूले तिनीहरूको सिमानाभित्र समान मानवसंहारका अपराधहरू गरे ।

आर्थिक मानवशास्त्री जेसन हिकल र उनका सह–लेखक डिलन सुलिवानले सम्मानित शैक्षिक जर्नल वल्र्ड डेभलपमेन्टमा क्यापिटल एन्ड एक्सट्रिम पोभर्टी : अ ग्लोबल अनालसिस अफ रिअल वेजेज, ह्युमन हाइट एन्ड मोरटालिटी सिन्स द लंग सिक्सटिन्थ सेन्चुरी० “पूँजीवाद र चरम गरीबीः १६ औँ शताब्दीदेखिको वास्तविक ज्याला, मानव उचाइ र मृत्युदरको विश्वव्यापी विश्लेषण” शीर्षकमा एउटा लेख प्रकाशित गरेका छन् ।

प्रतिवेदनमा विद्वानहरूले अनुमान लगाएअनुसार भारतमा १८८० देखि १९२० को बीचमा बेलायती उपनिवेशवादको कारण १६ करोड ५० लाखभन्दा बढी मानिसको मृत्यु भयो । “यो संख्या दुवै विश्वयुद्ध र नाजी होलोकास्टसहित भएकोे मृत्युको संयुक्त संख्या भन्दा ठूलो छ,” ती अर्थशास्त्रीहरूले भनेका छन् ।

तिनीहरूका अनुसार भारतीयहरूको सरदर आयु आधुनिक इङ्गल्याण्डको ३५।८ वर्षको स्तर भारतमा औपनिवेशवादी शासन समाप्त भएपछि सन् १९५०सम्म पुग्न सकेको थिएन ।

उपनिवेशवादी पुरानो लुट अहिले पनि कायम रहेको छ । लुटको तरिका फेरिएर उनीहरूले लुट कायम राखिरहेका छन् । जनहितकारी बजेटहरू खर्च कटौतीका नाममा कटौती गर्न लगाउने र उनीहरूको लुट सहज हुने परियोजनामा लगानी लगाउन बाध्य पारिने नीतिलाई उनीहरूले गरिब तथा कमजोर अर्थतन्त्र भएका देशहरूमा अझ थोपरिरहेको सहजै देखिने विषय हो ।

उनीहरूले गरेको व्याख्यामा भनिएको छ :

आर्थिक इतिहासकार रोबर्ट सी एलेनको अनुसन्धानका अनुसार ब्रिटिश शासन अवधिमा भारतमा चरम गरिबी १८१० मा २३ प्रतिशतबाट बढेर २० औं शताब्दीको मध्यमा ५० प्रतिशतभन्दा बढी पुगेको थियो । ब्रिटिश औपनिवेशिक अवधिमा वास्तविक ज्याला घट्यो । १९औँ शताब्दीमा एक न्यूनतम स्तरमा झ¥यो । त्यतिखेर लगातारका अनिकालहरू झन् घातक बन्यो । औपनिवेशिक शासनमा भारतीय जनतालाई फाइदा पुग्नुभन्दा पनि सुदूरको इतिहासमा भएका केही मानवीय त्रासदी जस्तो भारतीय जनताका लागि मानव त्रासदी बन्न पुगेको थियो ।

विज्ञहरू १८८० देखि १९२० सम्मको अवधि बेलायतको साम्राज्यवादी शक्तिको उचाई विशेषगरी भारतको लागि विनासकारी थियो भन्ने कुरोमा सहमत छन् । १८८० को दशकमा औपनिवेशिक शासनद्वारा गरिएको व्यापक जनगणनाले यस अवधिमा मृत्यु दरमा उल्लेख्य वृद्धि भएको देखाउँछ । १८८० को दशकमा प्रति एक हजार मानिसहरूमा ३७।२ जनाको मृत्यु दरबाट १९१० मा बढेर ४४।२ मा पुगेको थियो । सरदर आयु २६।७ वर्षबाट २१।९ वर्षमा झरेको थियो ।

वल्र्ड डेभलपमेन्ट जर्नलमा प्रकाशित एक नयाँ कार्यपत्रमा भएका जनगणना डेटाहरूबाट ती अर्थशास्त्रीहरूले यी चार क्रूर दशकहरूमा ब्रिटिश साम्राज्यवादी नीतिहरूले मारिएका मानिसहरूको संख्याको आँकलन गरेका थिए ।

उनीहरू भन्छन् “भारतमा मृत्युदरको बलियो तथ्यांक सन् १८८० को दशकबाट मात्रै रहेको छ । यदि हामीले यसलाई “सामान्य’’ मृत्युदरको आधारभूत रूपमा प्रयोग गर्छौं भने हामीले पाउँछौं कि ब्रिटिश औपनिवेशिक शासकको नेतृत्वमा १८९१ देखि १९२० सम्मको अवधिमा करिब पाँच करोड बढी मृत्यु भएको थियो ।”

पाँच करोड मानिसको मृत्यु एक आश्चर्यजनक आँकडा हो । अझै यो एक रूढीवादी अनुमान हो । वास्तविक ज्यालासम्बन्धी तथ्यांकले सन् १८८० सम्ममा औपनिवेशिक भारतमा जीवनस्तर पहिलेको भन्दा नाटकीय रूपमा घटेको देखाउँछ । एलेन र अन्य विद्वानहरूले औपनिवेशिकता भन्दा पहिले भारतीय जीवन स्तर पश्चिमी युरोपको विकासशील भागहरूसँग बराबर रहेको हुन सक्ने तर्क प्रस्तुत गर्छन् । उनीहरू भन्छन् “हामीलाई भारतको पूर्व–औपनिवेशिक मृत्यु दर के थियो भनेर निश्चित रूपमा थाहा छैन । तर, यदि हामीले यो १६औँ र १७औँ शताब्दीमा इङ्ल्यान्डको जस्तै थियो ९प्रति १,००० व्यक्तिमा २७।१८ मृत्यु० मानेर हेर्दा १८८१ देखि १९२०को अवधिमा भारतमा १६ करोड ५० लाख बढी मृत्यु भएको पाउँछौ ।
मृत्युको सटिक संख्या हामीले आधारभूत मृत्युदरको बारेमा अनुमान गरेका अनुमानहरूप्रति संवेदनशील छ । यो स्पष्ट छ कि ब्रिटिश औपनिवेशिक शासनको उचाइमा १० करोड मानिसहरूकोे अकालमा मृत्यु भएको सहजै पाप्त हुन्छ । यो मानव इतिहासमा सबैभन्दा ठूलो नीति–प्रेरित मृत्युदर संकट हो । यो सोभियत युनियन, माओवादी चीन, उत्तर कोरिया, पोलपोटको कम्बोडिया र मेन्गिस्टुको इथियोपियामा भएका सबै अनिकालको समयमा भएको मृत्युको संयुक्त संख्याभन्दा ठूलो हो ।

डा. प्रेरणा बक्षीको ४ डिसेम्बर २०२२ को ट्विटमा भनिएको छ “यो मानव इतिहासमा सबैभन्दा ठूलो नीति–प्रेरित मृत्युदर संकट हो । यो सोभियत संघ, माओवादी चीन, उत्तर कोरिया, पोलपोटको कम्बोडिया, इथियोपिया र मेन्गिस्टुको सबै अनिकालको समयमा भएको मृत्युको संयुक्त संख्या भन्दा ठूलो छ ।”

यो अचम्मलाग्दो आँकडाले बेलायती साम्राज्यले निम्त्याएको मानव निर्मित अनिकालमा मर्ने थप करोडौँ भारतीयहरूलाई समावेश गर्दैन ।

१९४३ मा कुख्यात बङ्गाल अनिकालमा अनुमानित तीस लाख भारतीयहरू भोकमरीले मरे । त्यतिखेर ब्रिटिश सरकारले खाद्यान्न निर्यात ग¥यो र अन्न आयातमा प्रतिबन्ध लगायो ।

वैज्ञानिकहरूले गरेको प्राज्ञिक अध्ययनले सन् १९४३ बंगालको अनिकाल प्राकृतिक कारणहरूले नभई यो बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको नीतिले गर्दा भएको पता लगाएका छन् ।

सन् १९४३को बंगाल अनिकालले २०देखि ३० लाख मिलियन मानिस मारेको थियो । जतिखेर बंगाल ब्रिटिश शासित भारतको हिस्सा थियो ।

त्यहाँ खाना थियो । तर, विन्स्टन चर्चिलले युद्धलाई तान्दा युरोपलाई आवश्यक परेमा यसलाई निर्यात र भण्डारण गर्न आदेश दिएका थिए ।

सेप्टेम्बर २, २०२१मा साशा एलिसनले गरेको ट्विटमा भनिएको छ “चर्चिल आफैं एक कुख्यात जातिवादी थिए, जसले भने, “म भारतीयहरूलाई घृणा गर्छु । तिनीहरू पशुधर्म भएका पशुधर्मी मानिसहरू हुन् ।”

सन् १९३०को प्रारम्भमा चर्चिलले नाजी नेता एडोल्फ हिटलर र फासीवादको स्थापना गर्ने इटालियन तानाशाह बेनिटो मुसोलिनीको पनि प्रशंसा गरे ।

चर्चिलका आफ्नै विद्वान समर्थकहरूले चर्चिलले “मुसोलिनीको प्रशंसा व्यक्त गरे’’ र “यदि इटालियन फासीवाद र इटालियन साम्यवादको बीचमा छनोट गर्न बाध्य भएमा, चर्चिलले बिना हिचकिचाहट पहिलेको ९फासीवाद० छनौट गर्नेछन् ।” स्वीकार गरेका छन् ।

मानवसंहारवादी उपनिवेशवादी चर्चिलले “मुसोलिनीको प्रशंसा व्यक्त गरेको कुरो चर्चिलका आफ्नै ह्यागियोग्राफरहरूले स्वीकार गरेका थिए र भनेका थिए “यदि इटालियन फासीवाद र इटालियन साम्यवादको बीचमा छनोट गर्न बाध्य भएमा, चर्चिलले फासीवाद छनौट गर्न हिच्किचाउँदैनन् ।”

सन् १९३५मा चर्चिलले हिटलरको साहसको लागि प्रशंसा गरेको कुरो २९ सेप्टेम्बर २०२२मा बेन नोर्टनले ट्विटमा उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्र संघको उप–महासचिवको रूपमा कार्य गरिसकेका भारतीय राजनीतिज्ञ शशी थरुरले विशेषगरी चर्चिलको अधीनमा बेलायती साम्राज्यका अपराधहरूलाई विस्तृत रूपमा दस्तावेज गरेका छन् ।

“चर्चिलको हातमा हिटलरको जति रगत छ’’, थरूरले जोडेर भनेका छन् । बङ्गालको अनिकालको समयमा चर्चिलले व्यक्तिगत रूपमा हस्ताक्षर गरेका निर्णयहरूलाई औंल्याएका छन् । चर्चिलले लिएका वा समर्थन गरेका निर्णयहरूका कारण ४३ लाख मिलियन मानिस मरेको थरुरले भनेका छन् ।

पुरस्कार विजेता भारतीय अर्थशास्त्री उत्सा पटनायकले बेलायती साम्राज्यले भारतीय उपमहाद्वीपबाट साढे चार सय खर्ब ९४५ ट्रिलियन० अमेरिकी डलर बराबरको सम्पत्ति लुटी लगेको आँकलन गरेकी छिन् ।

“लगभग २०० वर्ष भन्दा बढीको इस्ट इन्डिया कम्पनी र ब्रिटिश राजले कम्तीमा ९ ४४.६ ट्रिलियन० भारतबाट बाहिर निकाले … त्यो रकमलाई अहिलेको सन्दर्भमा राख्नको लागि, बेलायतको सन् २०१८को कुल गार्हस्थ उत्पादन जीडीपी अनुमान करिब ३० खर्ब थियो ।” यो १९ नोभेम्बर २०१८मा एनीजाइदीले गरेको ट्विट हो ।

भारतीय समाचार वेबसाइट मिन्टसँगको सन् २०१८को अन्तर्वार्तामा उनले वर्णन गरे अनुसारः सन् १७६५ र १९३८ को बीचमा, बाहिरिएको रकम चार सय ५० खर्ब अमेरिकी डलर बराबर थियो । मापनको रूपमा भारतको निर्यात बचत आयलाई लिई र यसलाई ५५ ब्याज दरमा कम्पाउन्ड गर्दै भारतीयहरूलाई उनीहरूको आफ्नै सुन र विदेशी मुद्रा आयको साथ कहिल्यै श्रेय दिइएन । बरु, यहाँका स्थानीय उत्पादकहरूलाई बजेटबाट बराबरको रुपैयाँ ‘भुक्तान’ गरिएको थियो । जुन तपाईंले कुनै पनि स्वतन्त्र देशमा कहिल्यै फेला पार्नुहुन्न । केन्द्र सरकारको बजेटको २६–३६ प्रतिशतको बीचमा बाहिरिएको फरक हुन्छ । भारतको ठूलो अन्तर्राष्ट्रिय आम्दानीलाई देशभित्रै राखेको भए यसले धेरै फरक पार्ने थियो । भारत धेरै राम्रो स्वास्थ्य र सामाजिक कल्याण सूचकहरुसँग धेरै विकसित भएको थियो । सन् १९०० र १९४६ को बीचमा प्रतिव्यक्ति आयमा वस्तुतः कुनै वृद्धि भएको थिएन । यद्यपि भारतले सन् १९२९ अघि तीन दशकसम्म विश्वको दोस्रो ठूलो निर्यात बचत आम्दानी दर्ता गरेको थियो ।

सबै कमाई बेलायतले लुटी लिएको हुनाले यस्तो स्थिरता, स्टयागनेशन अचम्मको कुरा होइन । कुपोषण र रोगका कारण आम मानिस झिंगाझैँ मरिरहेका छन् । यो चकित पार्ने कुरा हो कि १९११ मा जन्ममा भारतीयहरुको सरदर आयु २२ वर्ष मात्र थियो । तथापि, सबैभन्दा ठूलो कुरो बताउने सूचकांक खाद्यान्न उपलब्धता हो । सामान्य भारतीयको क्रयशक्ति उच्च करले निचोडमा परेको हुनाले खाद्यान्नको प्रतिव्यक्ति वार्षिक खपत सन् १९०० मा २०० किलोग्रामबाट दोस्रो विश्वयुद्धको पूर्वसन्ध्यामा एक सय ५७ किलोग्राममा झरेको थियो । सन् १९४६ सम्ममा एक सय ३७ किलोग्राममा झरेको थियो । सन् १९४६ मा भारत जति थियो, आजको विश्व, कम विकसित देशमा पनि छैन ।

अर्थशास्त्री पटनायकले जोड दिएर भनेका छन् :

उपनिवेशवाद र देशभित्रबाट लगिने सम्पत्तिविना आधुनिक पुँजीवादी संसारको अस्तित्व हुँदैन । बेलायतको औद्योगिक संक्रमण, १७८० देखि १८२० को समयमा एसिया र वेस्ट इन्डिजबाट निस्कने सम्पत्तिको निकास बेलायतको जीडीपीको लगभग छ प्रतिशत थियो । लगभग यसको आफ्नै बचत दर जस्तै थियो । १९औँ शताब्दीको मध्यपछि, बेलायतले महादेशीय युरोप र उत्तर अमेरिकासँग चालू खाता घाटा चलाइरहेको थियो । एकै समयमा यसले यी क्षेत्रहरूमा ठूलो मात्रामा लगानी गरिरहेको थियो । जसको अर्थ पुँजीखाता घाटा पनि चलिरहेको थियो । यी दुई घाटाहरू यी क्षेत्रहरूसँग ठूलो र बढ्दो भुक्तानी सन्तुलन घाटाहरू हुन् ।

अमेरिका र महाद्वीपीय युरोपमा रेलवे, सडक र कारखानाहरू निर्माण गर्न गएको बेलायतले यति धेरै पुँजी निर्यात गर्न कसरी सम्भव भयो रु यी क्षेत्रहरूसँगको यसको बीओपी वा भुक्तानी सन्तुलन घाटा उपनिवेशहरू, विशेषगरी भारतले कमाएको वित्तीय सुन र विदेशी मुद्रा विनियोजन गरेर समाधान गरिँदै थियो । युद्धजस्ता हरेक असामान्य खर्च पनि भारतीय बजेटमा राखियो र भारतले आफ्नो वार्षिक विनिमय आम्दानीबाट पूर्ति गर्न नसकेका कुरालाई ऋणको रूपमा देखाइयो । जसमा ब्याज जम्मा भयो ।

उपनिवेशवादी पुरानो लुट अहिले पनि कायम रहेको छ । लुटको तरिका फेरिएर उनीहरूले लुट कायम राखिरहेका छन् । जनहितकारी बजेटहरू खर्च कटौतीका नाममा कटौती गर्न लगाउने र उनीहरूको लुट सहज हुने परियोजनामा लगानी लगाउन बाध्य पारिने नीतिलाई उनीहरूले गरिब तथा कमजोर अर्थतन्त्र भएका देशहरूमा अझ थोपरिरहेको सहजै देखिने विषय हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट