Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने


उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूको सैन्य गतिविधिलाई वास्तविक समयमा निगरानी गर्न आवश्यक रहेको भन्दै आउँदो महिना एक जासुसी उपग्रह प्रक्षेपण गर्ने पुष्टि गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

जापानले यसै हप्तामात्रै उत्तर कोरियाले भू–उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू–उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने बताउँदै आएको छ ।

उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सीले सत्तारूढ दलको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष रि प्योङ चोललाई उद्धृत गर्दै नयाँ भू–उपग्रहले सैन्य सवारी साधन, विमान र पानी जहाजको निगरानी गर्ने बताए । अमेरिका र उसका सहयोगीहरूका कारण भइरहेको बढ्दो सुरक्षा जोखिमलाई ध्यान दिएर यस्तो निर्णय भएको उनको भनाइ छ ।

उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली प्रायद्वीप र यसको वरपरका क्षेत्रमा शत्रुतापूर्ण हवाई जासुसी गतिविधिहरू सञ्चालन गरेको आरोप पनि लगाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट