Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जापानमा बढ्दो गर्मी, गर्मीसँग जुध्न नयाँ कार्ययोजना लागू


काठमाडौं । जापानले बढ्दो गर्मीसँग जुध्न नयाँ कार्ययोजना लागू गरेको छ ।

गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत एक हजार २ सय ९५ जनाको ज्यान जाने गरेकोमा सन् २०३० सम्ममा त्यसलाई आधाले घटाउने लक्ष्य राखिएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको नयाँ कार्ययोजनामा गर्मी स्ट्रोकसँग जुध्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानुन परिमार्जन गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग तथा अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी प्रयोग गर्न आह्वान गर्ने योजना समावेश छ ।

विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथीको उमेर समूहका व्यक्तिहरू हुने गरेको पाइएको छ ।

घरभित्रै ज्यान गुमाएकामध्ये ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कुल बसमा आवश्यक मापदण्ड नपुगी यसै छोड्न नदिन पनि विभिन्न कार्यक्रम लागू गर्ने र त्यसमा सरकारले सहयोग गर्ने उल्लेख छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट