Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेटोका देशहरूले युक्रेनमा सेना पठाउन सक्ने नेटो पूर्व प्रमुखको दाबी


काठमाडौं । नेटोका देशहरूले युक्रेनमा सेना पठाउन सक्ने नेटोका पूर्व महासचिव एन्डर्स रासमुसेनले दाबी गरेका छन् ।

युक्रेनका राष्ट्रपतिका सल्लाहकार बनेका रासमुसेनले आगामी शिखर सम्मेलनमा देशले विभिन्न मुद्दाहरूमा सुरक्षा आश्वासन नदिएमा केही सदस्य राष्ट्रहरूले आफ्ना सैनिकहरू युक्रेनमा स्वयम्सेवा गर्न पठाउन सक्ने दाबी गरेका हुन् ।

युक्रेनी राष्ट्रपतिहरू भ्लादिमिर जेलेन्स्की र पेट्रो पोरोसेन्कोका सल्लाहकारका रूपमा काम गरिसकेका रासमुसेनले पश्चिमी खुफिया साझेदारी, हतियार स्थानान्तरण र संयुक्त सैन्य तालिमलगायत आगामी महिना लिथुआनियाको भिल्नियसमा नेटो नेताहरूको बैठक अघि युक्रेन सरकारलाई लिखित ग्यारेन्टी दिनुपर्ने बताए।

“यदि नेटोले युक्रेनको लागि स्पष्ट बाटोमा सहमत हुन सक्दैन भने त्यतिबेला केही देशहरूले व्यक्तिगत रूपमा कारबाही गर्न सक्ने स्पष्ट सम्भावना छ। ” उनले गार्जियनसँगको कुराकानीमा भने।

युक्रेनका लागि सैन्य सहयोग जुटाउन सहयोग पु¥याउन हालैका हप्ताहरूमा युरोप र संयुक्त राज्य अमेरिकाको भ्रमण गरेपछि रासमुसेनले युक्रेनी सरकारले अनुरोध गरेमा विदेशी सेनाको तैनाथी अन्तर्राष्ट्रिय कानूनअनुसार कानुनी हुने तर्क गरेका हुन् ।

जबकि नाटोका वर्तमान महासचिव जेन्स स्टोल्टेनबर्गले शिखर सम्मेलनमा केही सुरक्षा आश्वासनहरू छलफल हुने भर्खरै पुष्टि गरेका छन् ।

जेलेन्स्कीले कुनै पनि नाटोको विकल्पलाई अस्वीकार गरे र कथित रूपमा पश्चिमी साझेदारहरूलाई जुलाईमा लिथुआनियामा हुने शिखर सम्मेलनमा भाग नलिने भनेसम्म नेटोले युक्रेनलाई पूर्ण सदस्यताको पूर्ण ग्यान्टी नगर्ने देखिएको छ ।

रुसले नाटोको निरन्तर पूर्वतर्फको विस्तारलाई आफ्नो सुरक्षाको लागि खतराको रूपमा लिएको छ । उसले युक्रेनलाई सदस्य राष्ट्रहरूले गरेको सहयोगलाई फेब्रुअरी २०२२ मा छिमेकी राज्यमा सैन्य कारबाही सुरु गरेको एउटा कारणको रूपमा उल्लेख गरेकोे छ । रुसी सरकारले बारम्बार युक्रेनको तटस्थता शान्तिको शर्तहरूका लागि एक महत्वपूर्ण विषय हुने बताउँदै आएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट