Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दोषी ठहरिए पूर्व अमेरिकी राष्ट्रपतिलाई सय वर्षको जेल सजाय हुने


काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गोप्य सूचनाको गलत व्यवहारसम्बन्धी सातवटै आरोपमा दोषी ठहरिए उनलाई १०० वर्षको जेल सजाय भोग्न पर्ने भएको छ ।

७६ वर्षीय ट्रम्पले अमेरिकी इतिहासमा पहिलो पटक कुनै पूर्व राष्ट्रपतिलाई जासुसी सम्बन्धीमामिलामा संघीय आरोप आफू विरुद्ध लगाइएको बिहीबार भनेका थिए ।

एबीसी न्यूजले रिपोर्ट गरे अनुसार ट्रम्पले चारवटा अलग–अलग गणनाहरूको सामना गर्नु पर्छ । जसमा प्रत्येक २० वर्षको सम्भावित जेल सजाय हुन्छः। न्यायमा बाधा पु¥याउने षड्यन्त्र; कागजात वा रेकर्ड रोक्दै; भ्रष्ट रूपमा कागजात वा रेकर्ड लुकाउने; र संघीय अनुसन्धानमा कागजात लुकाउने जस्ता अभियोग लगाइएको छ ।

यसैगरी राष्ट्रिय सुरक्षा जानकारीको जानाजानी लुकाइएको अवधारणासम्बन्धी एक मुद्दामा १० वर्षको सजाय हुने भएको छ ।

ट्रम्पले आफूलाई राजनीतिक अभिप्रेरित भइ मुद्दा लगाउन खोजिएको भन्दै आफू निर्दोष रहेको बताएका थिए ।

उनी मंगलबार दिउँसो ३ बजे मियामीको अदालतमा हाजिर हुनेछन् । जहाँ उनीमाथि आरोप लगाइनेछ जुन आरोपहरूलाई ट्रम्पले अस्वीकार गरेका छन् ।

उनलाई अप्रिलमा म्यानहट्टनमा वयस्क फिल्मका पोर्न स्टार स्टोर्मी डेनियललाई कुरो न खुलाउन पैसा भुक्तानी गरेको आरोपमा अभियोग लगाइएको थियो ।

तर वर्गीकृत सूचनासम्बन्धी विषय संघीय अभियोगहरू गम्भीर रहेका छन् ।

अगस्टमा एफबीआईले ट्रम्पको फ्लोरिडाको घरमा खोजी गर्दा ११ हजार कागजातहरू बरामद गरेका थिए । जसमा वर्गीकृत रूपमा चिन्ह लगाइएका लगभग १०० कागजातहरू बरामद भएको समाचार सार्वजनिक भएका थिए ।

उनले आफूलाई सन् २०२४मा हुने राष्ट्रपति पदको उम्मेदवार बन्न नदिन यो सबै षडयन्त्र भइरहेको आरोप लगाइरहेका छन् ।

‘मलाई मंगलबार दिउँसो ३ बजे मियामीको संघीय अदालतमा हाजिर हुन बोलाइएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट