Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संसदीय समितिको प्रतिवेदनमा पूर्व बेलायती प्रधानमन्त्री जोनसनले जानाजानी संसदलाई गुमराह पारेको आरोप


काठमाडौं । पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जानजानी संसदलाई गुमराह पारेको एक प्रतिवेदनले जनाएको छ ।

पूर्वप्रधानमन्त्री जोनसनले त्यो प्रतिवेदनलाई बकवास भनेका हुन् ।

सांसदहरूको विशेषाधिकार समितिले जोनसनले प्रधानमन्त्रीको रूपमा धेरै अवसरमा संसदलाई गुमराह बनाएको जनाएको हो ।

समितिले जोनसन दुर्व्यवहारको अभियानमा संलग्न भएको र धम्की दिने प्रयास गरेको आरोप पनि लगाएको छ ।

जोनसनले यो प्रतिवेदनबारे जवाफ फर्काउँदै आफू निर्दोष रहेको र प्रतिवेदन बकवास र झूट भनी निन्दा गरेका छन् ।

१०० पृष्ठभन्दा बढीको प्रतिवेदनले डाउनिङ स्ट्रिट, प्रधानमन्त्रीको कार्यालय र निवासमा आयोजित ६ वटा घटनाको विवरण दिएको छ ।

“हामी निष्कर्षमा पुग्छौँ कि सदनलाई जानाजानी भ्रामक रूपमा जोनसनले गम्भीर अपमान गरेका छन् । ” समितिले भनेको छ ।

समितिको सिफारिसमाथि संसदले सोमबार छलफल गर्नेछ ।

समितिमा जोनसनको कन्जरभेटिभ पार्टीका चार जना र विपक्षी दलका तीन जना सांसद छन् ।

कोभिड १९को कठोर लकडाउनको अवधिमा प्रधानमन्त्री निवासमा मदिरा पार्टी गराएको विवाद चर्किएपछि जोनसनलाई प्रधानमन्त्री पदबाट राजीनामा गर्नुपरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट