Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भारतमा खाना पकाउने एलपी ग्यासको भाउ बढ्यो


काठमाडौं, १७ फागुन । भारतमा खाना पकाउने एलपी ग्यासको भाउ बढाइएको छ ।

१४ दशमलव २ किलोग्रामको घरेलु ग्यास सिलिण्डरको भाउ ५० रुपैयाँ बढेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। यससँगै ग्यासको मूल्य प्रतिसिलिण्डर ११ सय ३ रुपैयाँ पुगेको छ ।

व्यापारिक प्रयोजनमा प्रयोग हुने १९ किलोग्रामको सिलिण्डरमा ३५० रुपैयाँ वृद्धि गरिएको छ । व्यापारिक प्रयोजनको सिलिण्डरको भाउ २ हजार ११९ रुपैयाँ पुगेको छ । बढेको मूल्य बुधबारदेखि नै लागू हुने समाचारमा उल्लेख छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट