Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतबाट डिजेलमा ५ र पेट्रोलमा १ रुपैयाँ मूल्य घटेर आउँदा ग्याँसमा भने ३४० बढ्यो


काठमाडौं । निगमका अनुसार भारतले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ २१ पैसा घटेर आएको छ भने डिजेलमा ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । त्यसैगरी मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ ४० पैसा घटेको नयाँ मूल्य सूची पठाएको छ भने हवाई इन्धनमा भने प्रति लिटर ७ रुपैयाँ ३ पैसा घटेर आएको छ ।

मार्च १ मा पठाएको नयाँ मूल्य सूची अनुसार अधिकांश पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि खाना पकाउने एलपीजी ग्याँसको मूल्य भनेर बढेर आएको छ । एलपीजी ग्याँसमा प्रति सिलिन्डर ३ सय ३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थ बिक्री गर्दा १५ दिनमा निगमलाई ४४ करोड रुपैयाँ नाफामा रहनेछ । गत फेब्रुअरी १५ को मूल्य सूची अनुसार निगम झन्डै १५ दिनमा झन्डै ७३ करोड रुपैयाँ नाफामा थियो । हाल भारतलाई तिर्न बाँकी बक्यौता रकम १६ अर्ब ३० करोड रुपैयाँ छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि आन्तरिक बजारमा मूल्य समायोजन नगरिकन भारतलाई तिर्न बाँकी रकम घटाइरहेको छ ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट