Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बागलुङमा बाबुले गरे छोरीको हत्या


बागलुङ, १८ फागुन । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया छोरीको हत्या गरेका छन् ।

सर्कुवाका २० वर्षीया सायर दिनले बुधबाार साँझ आफ्नै नाबालिका छोरी आरिसा दिनको बीभत्स हत्या गरेका हुन् । घरमा कोही नभएको मौका छोपेर सायरले छोरीको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेकी नाबालिकाको घटनास्थलमै निधन भएको प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

आरोपी सायर प्रहरी नियन्त्रणमा छन् । प्रारम्भिक सोधपुछका क्रममा सायरले छोरीको हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि घर छोडेर भागेका सायरलाई प्रहरीले गाउँमै लुकिबसेको ठाउँबाट पक्राउ गरेको थियो । शव पोष्टमार्टमको लागि धौलागिरि अस्पताल राखिएको छ । हत्याको कारण खुल्न सकेको छैन ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #hatya

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट