Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

स्ववियू निर्वाचनमा पाँच विद्यार्थी संगठनको गठबन्दन


काठमाडौं, १८ फागुन । पाँच विद्यार्थी संगठनले आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा मिलेर जाने निर्णय गरेका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादी निकट विद्यार्थी संगठनले स्ववियू निर्वाचनमा मिलेर जाने समझदारी गरेका हुन् ।

बुधबार राजधानीस्थित अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको ती विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले सो निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले जानकारी दिए । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको छ भने निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिवि र नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट