Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

जीपको ठक्करबाट सिन्धुलीमा एक बालिकाको मृत्यु


सिन्धुली । सिन्धुलीमा आज बिहीवार दिउँसो जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

जीपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिकालाई बा ४ ख ६६७३ नम्बरको जीपले ठक्कर दिएको थियो ।

बालिकालाई ठक्कर दिने जीपका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट