Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्न सैनिक अदालतको आदेश


काठमाडौं, १९ फागुन । सैनिक अदालतले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्न आदेश दिएको छ। आर्थिक अनियमितामा मुछिएका शाहीलाई दोषी ठहर गर्दै अदालतले सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।

यो मुद्दामा जोडिएका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको पनि उनले बताए। झन्डै दुई महिनाको अनुसन्धानपछि शाहीविरुद्ध सैनिक अदालतले फैसला सुनाएको हो। तिमसिना र शाहको बढुवा दुई वर्ष रोक्का गर्ने आदेश भएको छ।

सैनिक अदालतको यो आदेशसँगै थुनामा रहेका शाही‚ शाह र तिमसिना थुनामुक्त भएका छन्। शाही दुई महिनापछि थुनामुक्त भएका हुन्। सेनाको जंगीअड्डाले उपरथी शाहीलाई अवकाशमा पठाउने निर्णय गरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट